Skip to content
LAXMI SUNRISE BANK

रिलायन्सको संस्थापक सेयर पुनः लिलामीमा, कसले पाउँछ भर्न ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रिलायन्स फाइनान्सले सोमबारदेखि संस्थापक समूहको ५ लाख ३५ हजार ३१४.५२ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । यसपटकको लिलामीमा संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ न्यूनतम १००० कित्तादेखि अधिकतम सबै सेयरका लागि आवेदन दिन सक्नेछन् ।
लिलामी भर्ने अन्तिम समय वैशाख ३ गते तोकिएको छ । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंलगायत सनराइज बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न सक्ने व्यवस्था छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK