- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सहारा विकास बैंकले २५०% हकप्रद जारी गर्ने भएका छन् । बैंकले हकप्रद जारी गर्नका लागि वैशाख १० मा बुक क्लोज गर्ने भएको हो । वैशाख ९ गतेसम्म कायम सेयरधनीले यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । सहाराले १ः२.५ अनुपातमा १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । अब छिट्टै हकप्रद निष्कासन गरिने बैंकको भनाई छ ।
सहाराको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहनेछ । हाल बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख ९४ हजार छ । हकप्रदपछि चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ पुग्नेछ ।