×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमाको चम्किलो प्रगति, खुद नाफा २७.३२% ले वृद्धि हुँदा खुद आम्दानी कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमाको चम्किलो प्रगति, खुद नाफा २७.३२% ले वृद्धि हुँदा खुद आम्दानी कति ?

९ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २७.३२% ले वृद्धि भएर १ अर्ब २० करोड ५६ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाए सफल भएको छ । गत वर्ष बैंकले ९४ करोड ६९ लाख १७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । 
सानिमाको खुद ब्याज आम्दानी २५.५९% ले बढेर २ अर्ब ७ करोड ६० लाख ९२ हजार रुपैयाँ पुगेको हो । गत वर्ष खुद ब्याज आम्दानी १ अर्ब ६५ करोड २९ लाख ६४ हजार रुपैयाँ मात्र थियो । बैंकको सञ्चालन नाफा पनि २८% बढेर १ अर्ब ८४ करोड ९८ लाख ३१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सञ्चालन नाफा १ अर्ब ४३ करोड ६१ लाख ६५ हजार रुपैयाँ थियो । खुद नाफा चुलिनुमा ब्याज आम्दानी नै प्रमुख कारक हो । 
निक्षेप ५३ अर्बबाट वृद्धि गर्दै ७१ अर्ब ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ पुर्याएको यस बैंकले ६४ अर्ब ३२ करोड २० लाख ९६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । सानिमाको खराब कर्जा भने थोरै बढेर ०.१७% पुगेको छ । गत वर्ष खराब कर्जा ०.०४% मात्र थियो । चुक्ता पुँजी ५ अर्ब ३० करोडबाट बढाउँदै ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ पुर्याएको सानिमाले रिजर्भ कोषमा २ अर्ब २५ करोड ९३ लाख ६३ हजार जम्मा गरेको छ ।
चुक्ता पुँजीको आकार बढ्दै जाँदा सोही अनुपातमा रिजर्भ कोषलाई दरिलो बनाउनुपर्ने चुनौती सानिमालाई छ । सम्भावित जोखिमका लागि १९ करोड ९० लाख ५२ हजार रुपैयाँ छुट्याएको सानिमाले ७४ लाख ८० हजार रुपैयाँ राइट ब्याक गरेको छ । कस्ट अफ फन्ड ४.६८% बाट बढेर ७.३२% पुगेको छ । कर्जा निक्षेप अनुपात पनि ७८.१८% पुगेको छ । गत वर्ष कर्जा निक्षेप अनुपात ७५.१७% थियो । 
यता, सानिमाको प्रतिसेयर आम्दानीमा भने ३ रुपैयाँ ७३ पैसाको गिरावट आएको छ । गत वर्ष यही त्रैमासमा प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९५ पैसा (वार्षिक) रहेको प्रतिसेयर आम्दानी यसपालि २० रुपैयाँ २२ पैसा (वार्षिक) देखिएको हो । प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ २४ पैसामा झरेको छ । गत वर्ष प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८१ पैसा थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी