
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ – सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २ करोड ४८ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ४९.२७% ले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा बैंकले खुद नाफा १ करोड ६६ लाख रुपैयाँ कमाएको थियो ।
५० करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले खुद ब्याज आम्दानीमा ४१.८६% ले र संचालन मुनाफा ५४.५४% वृद्धि गरेको छ । बैंकले निक्षेपमा १ अर्ब १८ करोड २६ लाख रुपैयाँ संकलन गरी कर्जामा १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको निष्कृय कर्जा ०.५०%, जोखिम युक्त सम्पत्ति ३९.८२%, प्रतिशेयर आम्दानी ४.८९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २७.२१ गुणा, प्रतिशेयर नेटवर्थ १०९. १४ रुपैयाँ र तरलता अनुपात ३९.४८ % रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्