
नयाँ वर्ष ०७५ को सुरुवातदेखि नै लगानीकर्ताहरूले इन्टरनेटमार्फत सेयर खरिद–बिक्री आदेश दिन सक्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ०७५ सालको सुरुदेखि इन्टरनेटमार्फत सेयर खरिद–बिक्रीको आदेश दिन सक्ने व्यवस्था गर्न ब्रोकरहरूलाई निर्देशन दिएको छ । सेबोनले चैत ३० गते ब्रोकरहरूलाई परिपत्र जारी गर्दै सो निर्देशन दिएको हो ।
बोर्डले धितोपत्र दलाल व्यवसायीहरूले हाल उपयोग गरिरहेको ब्रोकर ब्याक अफिस सफ्टवेरमा इन्टरनेटमार्फत प्राप्त धितोपत्र कारोबार गर्न खरिद–बिक्री आदेश दिन सक्ने व्यवस्था गर्न ०७३ फागुन २६ गते नै परिपत्र जारी गरेको थियो । तर, सो कार्यान्वयनमा भने आउन सकेको थियो ।
तर, हाल भने ब्रोकर कम्पनीहरूले प्रयोग गर्दै आएको ब्याक अफिस सफ्टवेयरमा आवश्यक सुधार गरी अनलाइन सेयर खरिद–बिक्री आदेश दिन सक्ने सुविधा समावेश गरिएको जानकारी बोर्डलाई दिएको थियो ।
यस व्यवस्था लागू भएपछि इन्टरनेट पहुँच भएका लगानीकर्ताले घर अथवा कार्यलयमै बसी सेयर खरिद–बिक्रीको आदेश दिन सक्नेछन् ।
यसका साथै धितोपत्रको कारोबारमा प्रक्रिया तथा अभिलेखसम्बन्धी कार्य थप व्यवस्थित, सहज, पारदर्शी, सरल, छिटो–छरितो र लगानीमैत्री हुने बोर्डले अपेक्षा गरेको छ । यो व्यवस्थासँगै निकट भविष्यमा नेप्सेले लागू गर्ने अनलाइन कारोबार प्रणालीको आधार तयार हुने सेबोनका सहायक प्रवक्ता नीरञ्जन घिमिरेले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्