
काठमाडौँ – स्थगित रहेको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आइतबार दिउँसोदेखि पार्टी कार्यालय सानेपामा जारी छ ।
बैठकमा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाह गरेको भूमिकाबाट दुखित भएको भन्दै १३ औं महाधिवेशनमा देउवालाई सभापतिमा गरेको प्रस्ताव फिर्ता लिएको घोषणा गरेका छन् ।
‘मैले देउवाजीलाई १३ औं महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्ताव गरेको थिए । सभापतिका हैसियतमा उहाँको दुइवर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त दुखित हुन पुगेको छु,’ गुरुङले बैठकमा भने ।
उनले निर्वाचनमा पराजय भोग्नु पार्टीको नीति, कार्यकशैली वा नेतृत्वको असक्षमताका के कारणले भएको भन्ने समीक्षा हुनुपर्नेमा गम्भीरता नदेखिएको धारणा राखेका छन् ।
‘वीपी कोइराले अवलम्बन गरेको बिचार र चिन्तनलाई छाडेका कारण कांग्रेस अहिलेको अवस्थामा पुगेको हो भन्ने मेरो निष्कर्ष छ । पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिदै कहिले हामी उग्रबामपन्थीसंग अंकमाल गर्न पुग्यौं भने कहिले उग्र दक्षिणपन्थीसंग,’ गुरुङले बैठकमा पेश गरेको लिखित अवधारणामा उल्लेख गरेका छन् ।
पार्टीको तीनै तहको निर्वाचनमा भएको पराजयको जिम्मेवारी संसदीय समिति र केन्द्रीय कार्यसमितिले लिनुपर्ने बताए । कांग्रेस पराजको समीक्षा केन्द्रीय समिति, महधिवेशन वा महासमिति बैठकबाट सम्भव नभएको बताए ।
उनले जिल्ला, नगर र गाँउको नयाँ संरचना अनुसार पार्टीको विधान परिमार्जन गरी सबै तहको ६ महिनाभित्र सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् ।
आइतबारको बैठकमा प्रदीप पौडेल लगायतका केन्द्रीय सदस्यले पनि सभापति देउवाको आलोचना गरेका छन् ।
गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समिति बैठक चैत १६ गते पार्टीका नेता खुमबहादुर खड्काको निधनमा स्थगित भएको थियो । शुक्रबार बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्