
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चैत २८ गतेदेखि श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले संस्थापक समूहको २ लाख ७७ हजार ९९६.५३ कित्ता सेयर पुनः लिलामीमा बिक्री खुला गर्ने भएको छ । अब यसमा सर्वसाधारण व्यक्ति, कम्पनी तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । लिलामीमा वैशाख ५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल, काठमाडौं तथा श्री इन्भेष्टमेन्ट फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौं र विराटनगर, भैरहवा शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिद्धार्थ बैंकको विरगञ्ज, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ । हाल यस फाइनान्सको चुक्ता पुँजी ३४ करोड ५४ लाख ४८ हजार रुपैयाँ छ । हकप्रद र बाँकी सेयर लिलामीमा बिक्रीपछि चुक्ता पुँजी ६३ करोड २१ लाख ७१ हजार ४३२ रुपैयाँ हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्