×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकले कमाए १ अर्ब २२ करोड खुद नाफा, अरु सूचकमा यस्तो छ अवस्था

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ बैंकले कमाए १ अर्ब २२ करोड खुद नाफा, अरु सूचकमा यस्तो छ अवस्था

७ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिद्धार्थ बैंकले तेस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब २२ करोड ५१ लाख रुपैयाँ कमाएको छ ।  गत वर्षको तुलनामा सोहि अवधिमा २८.०२%  ले वृद्धि भएको छ । गत बैंकले खुद मुनाफा ९५ करोड ७० लाख रुपैयाँ कमाएको थियो ।
५ अर्ब २५ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी भएको सिद्धार्थ बैंकले ५२.५९% वृद्धि गरी हाल ८ अर्ब १ करोड २१ लाख रुपैयाँ पुर्याएको छ । जसले जगेडाकोषमा ३ अर्ब ६० करोड १५ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा २० दशमलव ९ प्रतिशतले बढेर ९० अर्ब ४० करोड १९ लाख रुपैयाँ संकलन गरी कर्जामा ७९ अर्ब ८८ करोड ८ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानीमा १७.७१% ले बढेर २ अर्ब २० करोड ५ लाख रुपैयाँ र संचालन मुनाफा २८.९० प्रतिशतले बढेर १ अर्ब ५२ करोड ७२ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ३८ करोड ६० लाख रुपैयाँ राखेको छ भने खराबकर्जा २६ करोड ५० लाख रुपैयाँ उठाएको छ ।
बैंकको निष्कृय कर्जा १.३१%, जोखिम युक्त सम्पत्ति १२.३०%, प्रतिशेयर आम्दानी वार्षिक २०.५२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४.८६ गुणा, प्रतिशेयर नेटवर्थ १४४.९५ रुपैयाँ र तरलता अनुपात २१.४८% रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी