
सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा जिरौना, चितवनमा नव निर्मित श्री कृष्ण प्रणामी मन्दिर निर्माण सहयोगार्थ नगद रु. १०५,००० (अक्षेरुपी एक लाख पाँच हजार) बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त सहयोग रकम एक विशेष समारोहका बीच सिद्धार्थ बैंक नारायणघाट शाखाका शाखा प्रबन्धक श्री अनन्त श्रेष्ठ र सिद्धार्थ बैंक टाँडी शाखाका शाखा प्रबन्धक श्री अभिषेक कुमार थापाले श्री कृष्ण प्रणामी मन्दिर, जिरौनाका संचालक समितिका अध्यक्ष श्री श्याम बराल तथा संचालक समितिका पुर्व अध्यक्ष श्री तिलक प्रसाद शर्मालाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भयो ।
हालै बैंकले देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०८ ब्त्ः र ६८७ एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्