
काठमाडौँ – प्रहरीले बिक्रि गर्नका लागि लादै गरेको अबस्थामा अवैध वन्यजन्तुका अंगसहित एक युवक पक्राउ गरेको छ ।
विशेष सूचनाकाे अाधारमा महानगरीय प्रहरी प्रभाग बलम्बुबाट प्रहरी निरीक्षक शर्मिला गुरुङको कमाण्डमा खटिएको टोलीले उक्त परिणाममा वन्नेजन्तुको अबैद अंग बरामद गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका वडा नं. ८ बस्ने २२ वर्षीय ‘शानु’ भन्ने सुकराज नगरकोटी रहेका छन् ।
‘हामीले ठुलै परिणाममा अबैद रुपमा बिक्रि गर्नका लागि बन्नेजन्तुका ल्याउँदैछ भन्ने सूचना पाएका थियौ । नगरकोटीलाई सतुंगलबाट पिछा गरि ललितपुरमा रहेको सुकराज नगरकोटीको घरमा लुकाई राखेको अबस्थामा उक्त समान बरामत गरेका हौँ ।’ प्रहरी निरीक्षक शर्मिला गरुङले अर्थ सरोकारलाई जानकारी दिइन् ।
प्रहरीका अनुसार बरामत भएका बन्ने जन्तुको अंगमा सालकको खपटा, मृगको रौं, स्यालको रौं, मृगको सिङको टुक्रा, बाघको छाला १/१ वटा पहिचान हुन नसकेको ३ वटा छाला रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्