- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ५८ हजार ९ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ५९ हजार ३ सय मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रति तोला ७ सय 80 रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ८ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ ।