
विराटनगर – स्थानीय बासिन्दाको कुटपिटपछि बिरामी परेका पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ७ का अध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको भएको छ । हिलिहाङ-७ स्थित तम्फुला सडक आयोजनाको अनुगमनका क्रममा स्थानीय भीम योक्पाङदेन र उनका छोरा सुवास योक्पाङदेनले तिम्सिनालाई चैत ११ गते कुटपिट गरेको प्रहरीले जनाएको छ।
त्यसपछि बिरामी परेका वडाध्यक्ष तिम्सिनाको शुक्रबार साँझ मृत्यु भएको हो। सडक निर्माणका क्रममा स्काभेटर लगाउँदा घरमा जोड्ने बिजुलीको तार छिनेको विषयलाई लिएर तिम्सिनालाई कुटपिट गरिएको थियो।
तिम्सिनाले बिहीबार आफूमाथि भएको कुटपिटको विषयमा पीडकमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दर्ता गराएका थिए। आफूलाई सार्वजनिक स्थलमा छातीमा समातेर पछार्दै कुटपिट गर्नुका साथै अपशब्द प्रयोग गरेको उनले उजुरीमा उल्लेख गरेको प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विज्ञान बस्नेतले बताए।
कुटपिटपछि शारीरिक र मानसिक रुपमा कमजोर भएका उनलाई उपचारका लागि फिदिमस्थित पाथीभरा अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट चिकित्सकले रेफर गरेपछि उपचारका लागि झापा लैजाँदै गर्दा इलामको नेपालटार पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्