
काठमाडौं – अखिल (क्रान्तिकारी) ले शिक्षा क्षेत्र सुधारको लागि विभिन्न ५ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालय उपकुलपति तिर्थराज खनियालाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाल कम्युनिस्टनिकट क्रान्तिकारीले आइतबार खनियालाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यान्वयनको प्रक्रिया अगाडि नबढे अान्दोलनमा जान बाध्य हुने बताएको छ । संगठनका केन्द्रीय सदस्य कलम बडुवाल र प्रकाश अधिकारीकाे नेतृत्वमा गएकाे विद्यार्थीको टाेलीले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा वर्षेनी नीजि शिक्ष संस्थाहरुले गरिरहेकाे शुल्क वृद्धिका कारण आम जनताहरु मारमा परिरहेको भन्दै क्रान्तिकारीले विद्यार्थीहरु पढ्न पाउने अधिकारबाटै बन्चित भइरहेकोप्रति चिन्ता व्यक्त गरेको छ । त्रिभुवन बिश्वविद्यालयले समेत बिभिन्न बहानामा विद्यार्थीहरुमाथि आर्थिक भार थोपारिरहेको क्रान्तिकारीको भनाई छ ।
क्रान्तिकारीले बिभिन्न बिश्वविद्यालयमा ६/६ महिनामा तत्काल प्रबेश परीक्षा खोल्नुपर्ने, यो वर्ष पुनःप्रबेश परीक्षा गर्नुपर्ने, त्रिवि तथा आंगिक क्याम्पसहरुका प्राध्यापकहरु नीजि कलेजका संचालक तथा बिभिन्न पदमा रही काम गरिरहेका हुनाले नीजि प्राध्यापकहरुलाई तत्काल बर्खास्त गर्नुपर्ने माग राखेको छ ।
त्यसैगरी सेमेस्टर प्रणालीको गुणस्तर वृद्धि गर्नेपर्ने र देशैभरिका त्रिविका आंगिक कलेजहरुमा एउटै शुक्ल निर्धारण गर्नुपर्ने, विद्यार्थीहरुलाई प्रदान गरिएको छात्रवृत्तिमा वृद्धि गरी लक्षित बर्ग(महिला, दलित, मधेसी, दुर्गम, जनयुद्ध तथा जनआन्दोलनका सहिद, घाइते तथा बेपत्ता परिवार, पिछडिएका बर्ग, सरकारी विद्यालय, मुक्त कमैया, हलिया आदिलाई प्रदानको ब्यबस्था गर्नुपर्ने र त्रिविले बिभिन्न संकायमा सम्बन्धन दिँदा मापदण्ड पुगेका कलेजहरुलाई मात्र प्राथमिकताका आधारमा सम्बन्धन दिनुपर्ने लगाएतका माग क्रान्तिकारीले राखेको छ ।
क्रान्तिकारीले विद्यार्थीहरूकाे मर्मलार्इ ख्याल गरी यी माग तत्काल पुरा गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरेकाे छ । शिक्षा क्षेत्रमा ब्याप्त विकृति, विसंगति, घुसखोरी, मनपरीलगाएत बिरुद्ध क्रान्तिकारीले विगतदेखि नै संघर्ष गर्दै आएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्