
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- काठमाडौँको एक जोडीले एउटा घरलाई काठमाडौँकै युनाइटेड फाइनान्समा धीतोमा राखेर घर विक्रीमा छ भन्दै फरक फरक व्यक्तिसँग बैना लिंदै, उक्त रकम ठग्दै गरेको फेला परेको छ । काठमाडौँ महानगरपालिका १६ स्थित १९४३३ नम्बरको घर दरबारमार्गस्थित युनाइटेड फाइनान्समा धीतो राखेर प्रेम कुमारी खड्गी र इश्वर खड्गीले थुप्रै व्यक्तिसँग बैना लिएको खुलासा भएको हो । उक्त घर २०६४ सालमै काठमाडौँको दरबार मार्गमा रहेको युनाइटेड फाइनान्समा धीतो राखेर ऋण लिइएको थियो ।
अदालतमा मुद्धा, यस्तो थियो फैसला !
यसो त यस विषयमा अदालतमा मुद्धासमेत परेको थियो । अदालतले पीडीतकै पक्षमा निर्णय गरेपनि उक्त बैना फिर्ता पाउन युनाइटेड फाइनान्सले घर लीलाम गर्नुपर्ने हुँदा र फाइनान्सले निरन्तर ब्याज आएको बहाना गरेर उक्त घर लीलाम गर्न अटेरी गर्दा पीडीतहरु झन् पीडीत बनेको स्रोतको दावी छ । प्रेम कुमारी खड्गी काठमाडौँकै राम बहादुर खड्गीकी छोरी हुन् । उनले ठगि धन्दाको सन्चालन गरेकोबारे पीडितलाई जानकारी भएपछि उनका बिरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो ।
पीडीतको यस्तो गुनासो ! ठगी धन्दामा प्रेमकुमारी
यसो त प्रेमकुमारीको ठगी धन्दा त्यतिमा मात्र सिमित छैन । काठमाडौँकै सर्मिला शाहीसँग २२ लाख रुपैया लिएर नतिरेपछि शाहीले खड्की विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । त्यसपछि अदालतले साँवा ब्याजसहित ३० लाख ३२ हजार तिर्नुपर्ने फैशला समेत गरेको थियो । तर त्यो रकम अझैसम्म पनि शाहीले फिर्ता पाएकी छैनन् । यता प्रेम कुमारीले त्यही घरको बैना लिएर काठमाडौँकै श्याम श्रेष्ठको ३६ लाख ठगि गरेकी छन् । उनको रकम पनि फिर्ता भएको छैन । यस्तै ललितपुरका राजेश अग्रवाल र कालिमाटीकी नानिमयाँ मानन्धर लगायतलाइ पनि उनले ठगेकी छिन् । उता बिजय शान्ती सहकारी सस्थाको पनि २५ लाख ऋण समेत उक्त जोडीले फिर्ता गरेको छैन । रकम फिर्ता नभएपछी उक्त सहकारीले उनीविरुद्ध मुद्धा दायर गर्ने तयारी गरिरहेको सहकारीका उपाध्यक्ष पुर्ण बज्राचार्यले जानकारी दिएका छन् ।
युनाइटेड फाइनान्समाथि पनि तेर्सियो प्रश्न !
यता युनाइटेड फाइनान्समाथि पनि प्रश्न तेर्सिएको छ । अदालतले पीडीतलाई सावाँ व्याज तिर्नु भनी आदेश दिएको स्थितिमा र उक्त जोडीको सम्पत्ति उक्त फाइनान्समा राखिएको पाइएको स्थितिमा यसबारे बुझ्नसमेत फाइनान्सले आनाकानी गर्नुका पछाडी फाइनान्सको पनि कतै मिलेमतो पो छ कि भन्ने प्रश्न उठेको छ । यसबारेमा युनाइटेड फाइनान्ससँग बुझ्दा फाइनान्सका कर्मचारीले आफ्नो तर्फबाट कुनै पनि सूचना दिन नमिल्ने बताएका छन्। फाइनान्सका कर्मचारीले अदालत वा प्रहरीको चिट्ठी बिना आफुले उनको घरसम्बन्धी विवरण मिडियालाई उपलब्ध गराउन नमिल्ने दावी गरेको छ ।
के भन्छन् ठगी गर्ने जोडी ?
यता यस विषयमा हामीले प्रेम कुमारी खड्गीसँग सम्पर्क गरेका थियौं । उनले धीतोमा राखिएको घर एइक्रीमा छ भन्दै बैना उठाएको स्वीकार गदै आफुहरु मिलेर घर जग्गाको कारोबारमा लागेको र सहकार्यको क्रममा त्यस्तो गल्ती हुन गएको दावी गरेकी छिन् । ‘मैले कसैको पैसा खाएर मर्दिन, मर्नु नै परेपनि सबैको पैसा फिर्ता गर्ने छु । उहाँहरुले पनि दुखले कमाएको पैसा हो । मैले जस्ताको त्यस्तै फिर्ता गर्ने छु, ब्यबहार मिलाउदै छु ।’ उनले भनिन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्