×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागिरको सुबर्ण अवसर, खाद्य संस्थानले माग्यो महाप्रवन्धकका लागि कर्मचारी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जागिरको सुबर्ण अवसर, खाद्य संस्थानले माग्यो महाप्रवन्धकका लागि कर्मचारी

Artha Sarokar

६ बैशाख २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल खाद्य संस्थानमा महाप्रवन्धक नियुक्तिको प्रक्रिया अघि बढेको छ । दुई पटक पदपूर्तिको सुचना प्रकाशित गर्दा पनि पर्याप्त दरखास्त नपरेपछि महाप्रवन्धक नियुक्तिका लागि गठित छनौट तथा शिफारिश समितिले पुनः तेस्रो पटक आवेदन मागेको छ ।
यसअघि भदौ ९ र माघ ६ गते गरी दुई पटक आवेदन माग गर्दा पर्याप्त दरखास्त नपरेपछि तेस्रो पटक सुचना प्रकाशित गरेको समितिले जनाएको छ ।
स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा न्युनतम ५ वर्ष काम गरेको अनुभव भएको र ३० वर्ष पुरा भई ३५ वर्ष ननाघेका उम्मेदवारले महाप्रवन्धकका लागि दरखास्त दिन पाउने भएका छन् । दरखास्त दिदा ५ हजार शब्द नबढ्ने गरी व्यवसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने समितिले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी