
काठमाडौँ – विभिन्न ११ यातायात व्यवसायी समूहहरुले कोटेश्वरबाट पूर्व तर्फ सवारी नचलाउँदा यात्रु मारमा परेका छन् ।
सिन्डिकेट पक्षधरहरुले सवारी नचालाएर आन्दोलनमा उत्रिएसँगै सरकारले अन्य व्यवसायी तथा कम्पनीलाई काठमाण्डुबाट धुलिखेलसम्म रुट इजाजत लिन आउन आह्वान गरेको छ । काठमाण्डुबाट धुलिखेसम्म गाडी चलाउन चाहनेले प्रक्रिया पुरा गरेर आए आजै रुट परमिट दिने सरकारी तयारी छ ।
यसैबीच साझा यातायातले रत्नपार्कदेखि वनेपासम्म बस सञ्चालन गर्ने तयारी गरेको छ । अरनिको यातायातका ११ व्यवसायी समितिले बस रोकेपछि साझाले आफ्ना बस उत्त रुटमा चलाउने भएका हुन् ।
साझाले १६ वटा बसलाई बनेपासम्म सञ्चालन गर्न लागेको हो । अहिले साझाका बस भक्तपुरको साँगासम्म पुग्छ ।
मयुर यातायातले रुट परमिट लिएर काठमाण्डु बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि अन्य ११ वटा समितिले बस चलाउन छाडेका हुन् । उनीहरुले सावरी नचलाउँदा भक्तपुर र धुलिखेल सम्म पुग्ने यात्रु मर्कामा परेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्