
काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट अनुशासन उल्घंंन भएका कारण देशको ढिकुटी रित्तो भएको जानकारी गराएका छन् । श्वेतपत्र जारी गर्नुपुर्व संसदलाई जानकारी गराउन रोष्टममा उभिएका अर्थमन्त्री खतिवडाले योजना र शिर्षक बिना नै रकम खर्च गरेका कारण देशको आर्थिक अबस्था डरलाग्दो अबस्थामा पुगेको बताएका छन् । उनले अहिलेको अर्थतन्त्रमा चुनौती मात्र नभई बाटो विराएर रुमलिएको बताए ।
उनले वैदेशिक सहायता आउन क्रम कम भएको र रेमिटेन्स समेत घट्दो अवस्थामा भएको बताए । बजेट अनुशासन उल्लघंन भएर देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको डरलाग्दो अबस्थाको चित्रण गरे ।
सवै व्यापारिक कार्य चूनौतीमा छ। अर्थतन्त्र अनौपचारिक रुपमा रुमल्लिएको छ। वैदेशिक सहायता आउन छाडेको छ। विप्रेषण कम आएको छ। आन्तरिक पुँजीबजार सबलहुन सकेको छैन। विकास र आयोजनाको गति धिमा छ। सबै योजनाहरु समयमै सकिन सकेको छैन अर्थतन्त्रका चुनौतिहरु सुनाउँदै खतिवडाले भने नेपालको लगानीको वातावरण सहज छैन। सन २०२२ मा विकासशिल राष्ट्र हुन असम्भव देखिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्