
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- बजारमा खुब महंगी छ । तरकारी किन्न गयो, १००० सकिने अवस्था छ । एक मुठा सागको झन्डै ५० रुपैयाँ पर्छ । अहिले १,२ वा ५ रुपैयाँको खुद्राखाद्रीको खास अर्थ छैन । यहिबीचमा आज हामी १ रुपैयाँको प्रसङ्ग निकाल्दैछौं । १ रुपैयाँ छाप्न एक रुपैयाँभन्दा बढी लाग्ने भएपछि सरकारले एक रुपैयाँको नोट छाप्न नै छोड्यो । १ रुपैयाँको सिक्का अझै चलनचल्तीमा छ । तर यो सिक्का छाप्न पनि एक रुपैयाँभन्दा बढी पैसा लाग्छ । अहिले एक रुपैयाँको ‘पावर’ नमज्जासँग घटेको छ । ‘एक रुपैयाँमा के नै आउँछ होला र ? तपाईंले यस्तै प्रश्न दिमागमा राख्नु भएको छ भने तपाईंलाई हामी जानकारी दिंदैछौं, ‘एक रुपैयाँमा के-केसम्म आउँछ भनेर ।
यी हुन् बजारमा अझै १ रुपैयाँमा पाइने चीज
एक रुपैयाँमा अझै पनि हाजमोला पाइन्छ । भारतीय लगानीमा नेपालमा स्थापित कम्पनी डाबर नेपालले उत्पादन गर्ने डाबर हाजमोला क्यान्डी अझै पनि एक रुपैयाँमा पाइन्छ । बजारमा सुकुमेलको एउटा दाना पनि एक रुपैयाँमा पाइन्छ । एउटा छोकडा पनि पाइन्छ एक रुपैयाँमा । एक रुपैयाँको सुपारी पनि पाइन्छ पसलमा । भारतीय कम्पनीले उत्पादन गर्ने हल्स र भारतबाट नै आयात हुने बनाना चुइङ्गम पनि एक रुपैयाँमा पाइन्छ । ओरेन्ज बल नामक चकलेट त अझै एक रुपैयाँको २ वटासम्म आउँदो रहेछ ।
उ बेलामा त के के पाइन्थ्यो के के ?
सिल्भाँ लेभीको पुस्तक नेपालः हिन्दु अधिराज्यको इतिहासमा उल्लेख गरिए अनुसार इतिहास नै हेर्ने हो भने आजभन्दा २२५ वर्षअघिदेखि २०० वर्षअघिसम्म एक रुपैयाँमा २५ पाथी अर्थात् ८४ किलो चामल पाइनेगरेको विभिन्न पुस्तकहरुमा उल्लेख छ । सन् १८३२ देखि १८३५ को बीचमा १ रुपैयाँमा १७ किलो चामल पाइन्थ्यो । सन् १८०२ मा हेटौडाबाट सामान बोकेर ल्याउनेलाई साहू महाजनले १ रुपैयाँ दिन्थे । त्यो बेला एक रुपैयाँको पावर नै बेग्लै थियो । १८० वर्षअघि एक रुपैयाँमा ६ वटासम्म कुखुरा आउँथ्यो भने तीन वटा हाँसत बेच्नेले मज्जाले हाँसेरै बेच्थ्यो एक रुपैयाँमा । विभिन्न पुस्तकहरुमा उल्लेख भए अनुसार त्यतिबेला हाँसको अन्डा एक रुपैयाँमा ६० वटा आउँथ्यो। त्यतिबेला एउटा भेडा नै आउंथ्यो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्