Skip to content
LAXMI SUNRISE BANK

फर्स्ट माइक्रोफाइनान्सको सेयर लिलामीमा आउंदै,जेठ ३० गतेसम्म बोलपत्र पेश गर्ने पाइने

अर्थ सरोकार

काठमाडौं :  जेठ २३ गतेदेखि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको  सर्वसाधारण समूहको लागि  २६ हजार ८८४ कित्ता सेयर लिलामीमा आउने भएको छ।  न्यूनतम १०० रुपैयाँ वा यस भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइने छ  ।
 फर्स्टले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म ५०% हकप्रद निष्कासन गर्दा नबिकेको सेयर अब लिलामी मार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर, जमल काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।  त्यसैगरी, ग्लोबल आइएमई बैंकको वीरगञ्ज, बनेपा, हेटौडा, पोखरा, बुटवल र विराटनगर शाखाबाट पनि आवेदन दिन सकिनेछ । नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि यो लिलामीमा आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र पेश गर्ने अन्तिम म्याद जेठ ३० गते तोकिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK