×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ट्याण्डर्ड चार्टर्ड बैंकसहित यी ३ बैंकले उडाए राष्ट्र बैंकको नियमको धज्जी, नाफा बढाउन गरियो ‘गैरकानुनी’ काम !

PRIME CA

स्ट्याण्डर्ड चार्टर्ड बैंकसहित यी ३ बैंकले उडाए राष्ट्र बैंकको नियमको धज्जी, नाफा बढाउन गरियो ‘गैरकानुनी’ काम !

१८ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल राष्ट्र बैंकले निक्षेप र ऋण लगानीको ब्याजदरको अन्तर अर्थात स्प्रेड रेट अधिकतम ५ प्रतिशत भन्दा बढाउँन नपाउने गरी नियम ल्याए पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकसहित ३ बैंकले राष्ट्र बैंकको उक्त नियमको धज्जी उडाएका छन् । अझ अचम्मको कुरा त के छ भने खुब राम्रो मानिएको स्ट्याण्डर्ड चार्टर्ड बैंक, सरकारी बैंक, कृषि बिकास बैंक’ र नेपाल एसबीआइ बैंकले राष्ट्र बैंकको उक्त नियमको धज्जी उडाएका हुन् । 
चैत २०७४ पुष २०७४ चैत २०७३ को अवधि हेर्ने हो भने चैत्र २०७४ सालमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्प्रेड दर ५.२३ छ । उक्त बैंकको पुष २०७४मा स्प्रेड दर ६.६ थियो भने चैत्र २०७३ मा ५.०९ थियो । यस्तै नेपाल एसबिआइ बैंकले पनि स्प्रेड दरको नियम तोडेको छ । उक्त बैंकको चैत्र २०७४ सम आइपुग्दा स्प्रेड दर ५.२४ छ । २०७४ पुषमा ४.७८ रहेको स्प्रेड दर चैत्र २०७३मा ४.३३ थियो । यस्तै कृषि बिकास बैंकले चैत्र २०७४ मा स्प्रेड दर ५.६१ बनाएर राष्ट्र बैंकको धज्जी उडाएको छ । यस्तै पुष २०७४ मा बैंकको स्प्रेड दर ५.८६ तियो भने चैत्र २०७३ मा उक्त बैंकको स्प्रेड दर ६.०६ थियो । 
५ प्रतिशत भन्दामाथि स्प्रेड रेट हुँदा पनि नेपाल राष्ट्र बैंकले तीन वटै बैंकलार्इ कारवाही गर्न सकेको छैन। नाफा बढाउन यी ३ बैंकले गैरकानुनी काम गरेको भएपनि राष्ट्र बैंक चुप लाग्नुले राष्ट्र बैंकका केहि ‘टाउके’हरुकै मिलेमतोमा यी बैंकहरुलाई छुट दिइएको बुझ्न गाह्रो छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: