
एनआईसी एशिया बैंक लिमिटेडले ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । विभिन्न किसिमका जनमुखी बैंकिङ्ग सुविधाहरु पस्कदै सर्वसाधारणहरुको बैंकको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेको एनआईसी एशिया बैंकले मुलुकको आर्थिक मेरुदण्डको रुपमा परिचित कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले जेठ २ गतेदेखि यो योजना सार्वजनिक गरेको हो ।
कृषि तथा पर्यटन क्षेत्रमा स्व–ब्यवसायलाई थप प्रबद्र्धन तथा भएको ब्यवसायलाई विस्तार गर्ने योजना बनाईरहेका ब्यवसायीहरुलाई साथ दिने उद्देश्यले बैंकले यो योजना ल्याएको हो । यस योजनाले कृषि तथा पर्यटन ब्यवसाय बृद्धिमा थप टेवा पुर्याउने विश्वास बैंकले लिएको छ ।
ब्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पुरा गरेका कृषि उद्यमीलाई नेपाल सरकारको नीति बमोजिम ५% ब्याज अनुदानको लागि आवश्यक ब्यवस्था मिलाउनुका साथै शुन्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गरिने यस योजनाबाट कृषि उद्यमीलाई आफ्नो ब्यवसाय विस्तारमा लाभ पुगि मुलुकको कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
उपरोक्त ब्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड भित्र नपर्ने कृषि तथा पर्यटन ब्यवसायीहरुलाई समेत यस बैंकले सुलभ ब्याजदरमा कर्जाको ब्यवस्था गरेको र सो बाट सम्पुर्ण कृषि तथा पर्यटन ब्यवसायी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
मुलुकभर २११ शाखा कार्यालयहरु, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर एवं ७ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको एनआईसी एशिया बैंकको वासलातको आकार रू. १५९ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू. ११० अर्ब र कुल निक्षेप करिब रू. १३५ अर्ब पुगिसकेको छ । यस सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्