काठमाडौं – कृषि विकास बैंकले विद्यालयलाई कम्प्युटर, प्रिन्टर, सोलार लगायतका सामाग्री सहयोग गरेको छ । बैंकको उप–शाखा कार्यालय चुहानडांडाले सामाजिक उत्तरदायित्व अन्तर्गत तेह्रथुजको आठराई नगरपालिका स्थित हसंवाहिनी आधारभुत विद्यालयका विद्यार्थिहरुका लागि कम्प्यूटर,प्रिन्टर, सोलर प्यानाल लगायतका सामाग्रीहरु सहयोग गरेको हो ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले उक्त विद्यालयका प्रधानाध्यापक तुलसीराम बास्कोटा र व्यवस्थापन समितिका अध्यक्ष पूर्ण वहादुर तामाङ्गलाई सो सामाग्रीहरु हस्तान्तरण गरे ।