
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा अपि पावर कम्पनीले ३ करोड ८१ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १४.२५% ले कम हो । गत वर्ष यसको खुद नाफा ४ करोड ४४ लाख ७६ हजार रुपैयाँ थियो ।
अपिको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ९.५५% ले घटेर जम्मा बिजुली बेचेर १० करोड ९९ लाख ३७ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । गत वर्ष यो आम्दानी १२ करोड १५ लाख ४४ हजार रुपैयाँ थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब १३ करोड ४० लाख रुपैयाँ छ । गत वर्ष चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ थियो ।
यता, रिजर्भ कोषको पैसा पनि २९.४३% घटेको छ । गत वर्ष ५ करोड ९० लाख ३३ हजार रुपैयाँ रहेको रिजर्भ कोषमा अहिले ४ करोड १६ लाख ५८ हजार रुपैयाँ मात्र छ । अपिको प्रतिसेयर आम्दानी र नेटवर्थ दुवैमा गिरावट आएको छ ।
अहिले प्रतिसेयर आम्दानी ४.४८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०३.६७ रुपैयाँ छ । गत वर्षको यही अवधिमा भने प्रतिसेयर आम्दानी ५.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०५.६२ रुपैयाँ थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्