×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रीको निर्देशनपछि व्यवसायीको भागाभाग, रूपन्देहीबाट उपाध्यक्ष बन्जाडे र महासचिव गहा पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गृहमन्त्रीको निर्देशनपछि व्यवसायीको भागाभाग, रूपन्देहीबाट उपाध्यक्ष बन्जाडे र महासचिव गहा पक्राउ

२१ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बुटवल – पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवन कुमार बन्जाडे र महासचिव पदमराज गहालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्डिकेट हटाउने सरकारको निर्णयबिरुद्ध आन्दोलित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य बन्जाडे र महासचिव गाहालाई रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो ।
व्यवसायीले सार्वजनिक सवारी साधन नचलाएर आन्दोलनमा उत्रिएका बखत बुटवल मिलनचोकबाट प्रहरीले शुक्रबार दिउँसो बन्जाडेलाई नियन्त्रणमा लिएको हो ।
सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको थियो । सोही निर्देशका आधारमा व्यवसायीहरू पक्राउ पर्न थालेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी