×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफको खुद नाफा १२.०९% वृद्धि, यस्तो छ अन्य सुचकको अवस्था

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एसियन लाइफको खुद नाफा १२.०९% वृद्धि, यस्तो छ अन्य सुचकको अवस्था

३० बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ – चालु आर्थिक वषको तेस्रो त्रैमासमा एसियन लाइफ इन्सुरेन्सले खुद नाफा २.०९% ले वृद्धि गरेर ३ करोड ३२ लाख ६८ हजार ८६० रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्ष कम्पनीले २ करोड ९६ लाख ७९ हजार ८६८ रुपैयाँ खुद नाफा कमाएको थियो । कुल बिमा शूल्क आर्जन पनि २०.६१% ले बढाएर १ अर्ब ९३ करोड २३ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष एसियनले १ अर्ब ६० करोड २० लाख १२ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । 
चुक्ता पुँजी ८० करोड ५५ लाख ९३ हजार रुपैयाँ रहेको एसियनको रिजर्भ कोषमा २२ करोड ३१ लाख १८ हजार ८०९ रुपैयाँ छ । गत वर्ष चुक्ता पुँजी ८० करोड ५५ लाख ९३ हजार रुपैयाँ नै थियो भने रिजर्भ कोषमा १७ करोड ७४ लाख थियो । यसैगरी, कम्पनीले कुल ५६ करोड ८७ लाख ३० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने दाबी भुक्तानी हुन बाँकी रकम २ करोड २३ लाख ७ हजार रहेको छ ।
यसैगरी, एसियन लाइफको जीवन बिमा कोषमा १२ अर्ब ९ करोड ५० लाख ४७ हजार ८७१ रुपैयाँ छ । जीवन बिमा कोषमा गत वर्ष ९ अर्ब ४२ करोड ६८ लाख ८७ हजार ७४० रुपैयाँ थियो । यस आधारमा जीवन कोषको आकार पनि क्रमशः विस्तार हुँदै गएको देख्न सकिन्छ । 
एसियनले महा विपत्ति जगेडा कोष पनि ३ करोड १२ लाखबाट बढाएर ३ करोड ७२ लाख ४९ हजार ८८७ रुपैयाँ पुर्याएको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ १५ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ १३ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी