
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- बिमा समितिले जारी गरेको बिमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ अन्तर्गत खण्ड ७ मा रहेको सञ्चालकको अयोग्यता शिर्षकको बुँदा (द) मा स्पष्टसँग नगरपालिकाको पदाधिकारीहरु इन्सुरेन्स कम्पनीको सञ्चालक पदमा बस्न नपाइने भन्ने व्यवस्था रहेपनि उक्त व्यवस्थाको खिल्ली उडाउँदै कम्पनीका अध्यक्ष अझै पनि पदमा बसेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि अन्तत: कम्पनीका अध्यक्ष बिजय सरावगीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
‘नियम आएको थाहा थिएन । अर्थ सरोकारका पत्रकार साथीले थाहा दिएपछी तुरुन्त राजीनामा दिएँ ।’ एसियन लाइफ इन्सुरेन्सका अध्यक्ष एवम् बिरगन्ज नगरपालिकाका मेयर बिजय सरावगीले भने । उनी गैरकानुनी रुपमा पदमा बसेको बारे अर्थ सरोकार डटकमले के मेयर सापलाईचाहीं कानुन नलाग्ने हो ? एसियन लाइफ इन्सुरेन्सका अध्यक्षको पद नै ‘गैरकानुनी’ ! (प्रमाणसहित) शीर्षकको समाचार प्रकाशित गरेको थियो ।
यता कम्पनीको सञ्चालक समितिमा रहेका दिनेश लाल श्रेष्ठले भने अझै पद छोडेका छैनन् । उनी अर्को एक वित्तीय संथाको कार्यकारी प्रमुख छन् । नियम अनुसार एउटा बैंक तथा वित्तीय संस्थाको कार्यकारी प्रमुख अर्को पब्लिक कम्पनीमा सञ्चालक हुन नपाउने व्यवस्था छ । उनी हाल गैर कानुनी रुपमा एसियन लाइफ इन्सुरेन्सको सञ्चालक पदमा बसेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्