
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- लेखा प्राविधिज्ञ संघ (अटान)को अध्यक्षमा पुन: रुद्र ढुंगेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको संघको दोश्रो साधारणसभामार्फत ढुंगेल पुन: अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै साधारणसभामारफत उपाध्यक्षमा भगवान थापा, सचिवमा शंकर खनाल, महासचिवमा मनिराज थापा, कोषाध्यक्षमा कृष्ण खरेल, र सदस्यहरुमा क्रमश: अस्विन कुमार नाथ, नितेश जोशी, बिनोध शाह, गोबिन्द गड्तौला, राहुल गुप्ता र दिलिप भुषाल चुनिएका छन् ।
यस्तै संघले ७ बुंदे काठमाडौँ घोषणापत्र समेत सार्वजनिक गरेको छ । सम्पूर्ण लेखा प्राविधिकहरुलाई विना दायरा सम्पूर्ण क्षेत्रको लेखापरिक्षण गर्न दिने प्रबन्ध मिलाउन सम्बन्धित ठाउँमा दबाब दिने, लेखा प्राविधिकहरुलाई सीओंपी जारी गरी फर्म दर्ताको निम्ति अविलम्ब व्यवस्था मिलाउन दवाव दिने लगायतका बुँदाहरु उक्त घोषणापत्रमा समावेश गरिएका छन् ।
कालीमाटीस्थित कोजी बैन्क्वेटमा आयोजित उक्त कार्यक्रममा अर्थ सरोकार डटकम र सिए सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेल प्रमुख अथितिका रुपमा उपस्थित थिए । सभालाई सम्बोधन गर्दै उनले लेखा प्राविधिकहरुका जायज माग पूरा गर्नका लागि सञ्चारमध्यमबाट समेत दबाब सिर्जना गर्नुपर्ने आवश्यक भएको बताएका छन् । उनले लेखा प्राविधिक बोर्डको अध्यक्ष लेखा प्राविधिक नै भएको खण्डमा लेखा प्राविधिकहरुको समस्या समाधानमा सहयोग पुग्ने समेत बताएका छन् ।
हेर्नुहोस् संघले जारी गरेको ७ बुंदे काठमाडौँ घोषणा पत्र
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्