×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक र विवेक अटोमोबाइल्सबीच सम्झौता, बैंकले जोनडियर ट्याक्टरमा लगानी गर्ने

PRIME CA
GLOBAL IME BANK

नबिल बैंक र विवेक अटोमोबाइल्सबीच सम्झौता, बैंकले जोनडियर ट्याक्टरमा लगानी गर्ने

११ जेष्ठ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नबिल बैंक र विवेक अटोमोबाइल्स प्रालिबीच जोनडियर ट्याक्टरमा लगानीका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा विवेक अटोमोबाइल्सका अध्यक्ष विवेक दुगड र नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहाले हस्ताक्षर गरेका छन् । एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स जोनडियर ट्याक्टर नेपालका लागि आधिकारिक बिक्रेता हो ।
बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्देशित गरिए बमोजिम कृषि कर्जा कार्यक्रमलाई प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेको हो । सम्झौतामा नबिल बैंकले जोनडियर ट्याक्टरमा ७५ प्रतिशत लगानी गर्ने उल्लेख गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: