×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेलबाट छुटे बालकृष्ण ढुंगेल : मन्त्री बनाउने ‘ओली-प्रचण्ड’को तयारी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जेलबाट छुटे बालकृष्ण ढुंगेल : मन्त्री बनाउने ‘ओली-प्रचण्ड’को तयारी !

१५ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेता बालकृष्ण ढुंगेल जेलमुक्त भएका छन् । हत्या प्रकरणमा दोषी पाईएपछि जेल चलान भएका उनी साेमबार राती २ बजे कारागार व्यवस्था विभागबाट आएको पत्रका आधारमा छुटेका हुन् । उनलाई मंगलबार बिहान रिहा गरिएकोे डिल्लीबजार कारागारका प्रमुख अरुण पोखरेलले अर्थ सरोकार डटकमलाइ जानकारी दिएका छन् । ढुंगेललाई लिन उनका आफन्तहरु कारागार नै पुगेका थिए । उनी छुटेपछि नेकपा अन्डरलाइनका कार्यकर्तामा हर्ष छाएको छ । द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्याको घटनामा ढुंगेलविरुद्ध मुद्दा चलेको थियो द्वन्द्वकालमै उनी साढे सात वर्ष जेल बसेका थिए।
सरकारको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले सोमबार ढुंगेलसहित ८ सय १६ कैद माफीको प्रस्ताव स्वीकृत गरेकी थिइन। तत्कालिन पुनरावेदन अदालतले उनलाई सफाई दिएपछि छुटेकोमा पछि सर्वाेच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । उनलाई मन्त्री बनाउने तयारीसमेत भएको बुझिएको छ । सरकारका एक मन्त्रीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार उनलाई एक मन्त्रालयको जिम्मा दिने गरी ओली र प्रचण्डबीच सहमति भइसकेको छ ।  यद्यपी उनलाई कुन मन्त्रालयको जिम्मा दिने भन्नेबारे भने केहि कुरा पनि बाहिर नआएको उनको भनाइ छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी