Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकको एकैपटक १० नयाँ शाखा सञ्चालन

अर्थ सरोकार

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले एकै पटक थप १० शाखा कार्यालयको सुरुवात गरेको छ । खोटाङ्गको हलेसी शाखाको उद्घाटन बैंकका पुर्व अध्यक्ष डा. बिरेन्द्रप्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ र नगरका मेयर इभर राईले संयुक्त रुपमा गरे भने धनुुषाको गणेशमान चारनाथ शाखाको उद्घाटन बैंकका पुर्व अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ तथा नगरका मेयर रामबाबु यादवले संयुक्त रुपमा गरे ।
त्यसैगरी झापाको बाह्रदशी शाखाको उद्घाटन भने बैंकका संचालक गोपी कृष्ण न्यौपानेले गरे । साथै, बैंकले मोरङ्गको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुगुको खत्याडमा समेत शाखाको स्थापना गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK