
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बेष्ट फाइनान्सले सोमबारदेखि ७५ हजार ३४० कित्ता संस्थापक सेयर फेरि लिलामीमा ल्याएको छ । कम्पनीले यसअघि लिलामी गर्दा नबिकेको संस्थापक समूहको सेयर फेरि लिलामी गर्न लागेको हो । अब भने यो संस्थापक सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन् । लिलामी भर्ने म्याद जेठ ८ गतेसम्म हुनेछ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर जमलबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, ग्लोबल आइएमई बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि भर्न सकिनेछ । हाल बेस्टको चुक्ता पुँजी २८ करोड ६६ लाख ९९ हजार रुपैयाँ छ । लिलामीपछि पुँजी ३८ करोड ५४ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्