
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भार्गव विकास बैंकको ७ लाख ५३ हजार ३७० कित्ता सेयर लिलामी खुला भएको छ । बैंकले संंस्थापक समूहको ६ लाख ६७ हजार ७०६ कित्ता र सर्वसाधारण समूहको ८५ हजार ६६४ कित्ता सेयर लिलामी खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा भार्गव विकास बैंको प्रधान कार्यालय नेपालगञ्जबाट पनि आवेदन दिन सकिनेछ । त्यस्तै, एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत र धनगढी शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।
आवेदन दिने अन्तिम म्याद जेठ १० गतेसम्म छ । न्यूनतम १०० कित्ता वा १० अंकले भाग जाने संख्यामा आवेदन दिन पाइनेछ । हाल भार्गवको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि पुँजी ४७ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्