
सरकारले सुत्केरी भत्ता दोब्बर बनाएको छ । यद्यपी बृद्धभत्ता भने सरकारले बढाएन । चुनाबका बेला बाम गठबन्धनले वृद्धभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुर्याउने उल्लेख गरेको थियो ।
अर्थमन्त्रीले बजेटमार्फत ७० वर्ष नाघेका वृद्धवृद्धाको १ लाख रुपैयाँसम्मको स्वास्य बीमा गर्ने घोषणा गरेका छन् ।
अव सिमेन्ट र डण्डी व्यापारीहरु मालामाल हुने भएका छन् । सरकारले केही उद्योगलार्इ संरक्षण गर्ने नीति लिएपछी यस्तो सम्भावना देखिएको हो ।पाँच वर्षभित्र सिमेन्ट,डन्डी लगायतको एक दर्जन निर्माण सामाग्री उत्पादन गर्ने उद्योगलार्इ आधारभूत संरक्षणको नीति सरकारले लिएको हो ।
सरकारले जस्तापाता र काठ किन्न भन्दै घर बनाउँदा थप ५० हजार रुपैयाँ दिने भएको छ । बजेटका क्रममा अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।
यस्तै कृषि योग्य जमिनलाई घर घडेरीकोरुपमा प्रयोग गर्न नपाइने ब्यवस्था हुने भएको छ । यसले घरजग्गा व्यापार घट्ने पक्का छ ।
सरकारले साना किसानका सबै कृषि कर्जा मिनाहा गर्ने भएको छ । यस्तै अवदेखि आमाबाबुलाई हेला गर्नेलाई कारवाही हुने भएको छ ।
यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट २०७५-७६मा शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिने घोषणा गरेका छन् । सो ऋणको ब्याज पनि सौलियत दरमा प्रदान गरिने उनले घोषणा गरेका छन्।
यस्तै बैदेशिक रोजगारीबाट फर्केकाले नेपालमा आफैंले केहि गर्न चाहेमा त्यसखाले व्यवसाय संचालन गर्न १० लाख रुपैयाँसम्म ऋण पनि पाउने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्