
काठमाडौँ – खानेपानीमन्त्री विना मगरको सम्पत्ति विवरणमा श्रीमान प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर रहेको छ । बुधबार सार्वजनिक भएको उनको सम्पत्ति विवरणमा प्रकाश दाहालको नाममा रहेको स्कुटर पनि उल्लेख छ ।
उनीसँग ५ तोला सुन र १६ तोला चाँदी पनि रहेको छ, जसलाई उनले पैतृक सम्पत्ति भनेकी छन् । मन्त्री मगरले सम्पत्ति विवरणमा चितवन भरतपुरमा श्रीमान प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जग्गा र सासु सीता दाहालको नाममा रहेको १ कठ्ठा जग्गा पनि उल्लेख गरेकी छन् ।
प्रकाश दाहालको जग्गा मावलीका हजुरआमाबाट पाएको र सासु सीता दाहालको नाममा रहेको जग्गा पैत्रिक भनिएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी मन्त्री मगरसँग एक रुपैयाँ पनि नगद छैन । एभरेष्ट बैंकमा खाता रहे पनि त्यहाँ नगद जम्मा नभएको उनले उल्लेख गरेकी छन् ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्