Skip to content
LAXMI SUNRISE BANK

ओखलढुंगाको मानेभञ्ज्याङ्गमा मुक्तिनाथ विकास बैंकको शाखा विस्तार, गाउँपालिका अध्यक्ष राईद्वारा उद्घाटन

अर्थ सरोकार

मुक्तिनाथ विकास बैंक लिमिटेडले ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं.५मा आफ्नो ८० औं शाखा विस्तार गरेको छ । मिति २०७५ बैशाख २८ गते शुक्रवार मानेभञ्ज्याङ्ग गाउँपालिका अध्यक्ष मोती राज राईले उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।
शाखा कार्यालय समुद्घाटन गर्दै राईले नेपाली समाज सुहाउँदो वित्तीय सेवाहरु प्रदान गर्दै आएको बैंक मानेभञ्ज्याङ्गमा आउनु भनेको स्थानीय जनताको लागि निकै खुसीको विषय भएको बताए । यस विकास बैंकको लघुवित्त सेवा सहित यस क्षेत्रमा आउँदा बैंकको नारा “जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ” भन्ने मर्मलाई प्रमाणित गरेको उनले बताए ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको उद्देश्य माथि प्रकाश पार्दै बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । सो क्रममा उनले मुक्तिनाथ विकास बैंक ग्राहकहरुको आवश्यकता र चाहना अनुरुपको वित्तीय सेवा प्रदान गर्नको लागि ग्राहकहरुलाई सहज पुर्याउन घरदैला मै सेवा प्रदान गरिरहेको बताए । कृषिमा व्यवसायिक सुधार गर्दै ग्रामीण भेगका जनताको आर्थिक तथा समाजिक स्तर उकास्नको लागि बैंक हरपल तत्पर रहेको उनले बताए । साथै मानेभञ्ज्याङ्ग क्षेत्रमा स–साना बचतकर्ता तथा उद्यमीलाई आर्थिक उन्नतिमा सहयोग गर्न बैंक तत्पर रहेकोले सहकार्य गर्न स्थानीयको पनि सहयोग रहेको उनले बताए ।
आर्थिक वर्ष २०७४÷७५ को तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी रु. २ अर्ब ५९ करोड, कुल निक्षेप रु. २४ अर्ब ५५ करोड कुल लगानी रु. २१ अर्ब ९९ करोड गर्दै संचालन मुनाफामा रु. ४२ करोड ७५ लाख खुद नाफा गरेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK