
- सुदुरपश्चिम ब्यूरो / अर्थ सरोकार डटकम
काठमाडौँ – कैलालीमा लुटपाटको खबर छ । कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानेर ९ लाख लुटपाट भएको हो । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार आइतबार ‘फर्स्ट अओर’ मै सिद्धार्थ बैंकबाट पैसा झिकेर आइएमइ जाँदै गरेका निर्मल कार्कीमाथि गोली प्रहार गरी लुटपाट भएको हो । धनगढी-३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको हो ।
कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली हान्ने समूहले उनको साथमा रहेको रकम लुटेर भागेको छ । गोली लागेका कार्कीको हातमा र पाखुरामा चोट लागेको छ । उनको स्थिति भने खतरामुक्त भएको चिकित्सकको भनाइ छ ।

तस्विर : दीपक जोशी / दिनेश एफएम
प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार सिद्धार्थ बैंकबाट पैसा झिकेर आइएमइ लैजाने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई जना अज्ञात ब्यक्तिले पुरानो भन्सार रोडमा कार्कीलाई गोली प्रहार गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनादेखिपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्