Skip to content
LAXMI SUNRISE BANK

Breaking: बालकृष्ण ढुंगेल जेठ १५ गते जेलमुक्त हुने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ-बालकृष्ण ढुंगेल जेलमुक्त हुन लागेका छन् । कारागार नियमावलीको प्रावधान अनुसार बालकृष्ण ढुंगेल छुट्न लागेका हुन् । कारागार नियमावलीमा ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सक्ने प्रावधान छ । 
सोही प्रावधान अनुसार उनलाई गणतन्त्र दिवसको दिन आगामी जेठ १५ गते छाड्न लागिएको हो । सभासद् भएकै अवस्थामा उनलाई उक्त सजाय सुनाइएको थियो। तर फैसलापछि पनि बेलाबखत सार्वजनिक रुपमा देखापरे पनि उनी लामो समय पक्राउ परेका थिएनन्।
द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ढुंगेलले सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका थिए। सर्वोच्च अदालतबाट फैसला हुनुअघि ढुंगेल २०६४ सालमा ओखलढुंगाबाट नै सभासद् निर्वाचित भएका थिए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK