Skip to content
LAXMI SUNRISE BANK

आर्मी, पुलिस र शशस्त्र प्रहरीको तलव बढ्यो, अन्य सरकारी कर्मचारीलाई बजेट, ‘हात्ती आयो- हात्ती आयो फुस्सा !’

अर्थ सरोकार

काठमाडौं – सरकारी कर्मचारीको तलव नबढ्ने भएको छ । सरकारले महंगी भत्ता भनेर १ हजार दिने निर्णय गर्दै तलव नबढ्ने बताएको हो ।
यद्यपी आर्मी, पुलिस र शसस्त्र प्रहरीको तलव भने बढेको छ । उनीहरुको पोशाक भत्ता पनि बढेको छ । राष्ट्र सेवकहरुको सुविधा बढाउने कार्यक्रम अन्तर्गत उनीहरुको तलव र सुविधा बढेको हो । 
यस्तै पूँजी बजारका लागि बजेटमा के आउँछ भनेर पर्खेकाहरुलाई खुसीको खबर छ । अब १ अर्व भन्दा बढी लगानी भएका निजी उद्योगहरुले पनि आइपिओ जारी गर्नै पर्ने भएको छ । अव सिमेन्ट र डण्डी व्यापारीहरु मालामाल हुने भएका छन् । सरकारले केही उद्योगलार्इ संरक्षण गर्ने नीति लिएपछी यस्तो सम्भावना देखिएको हो ।पाँच वर्षभित्र सिमेन्ट,डन्डी लगायतको एक दर्जन निर्माण सामाग्री उत्पादन गर्ने उद्योगलार्इ आधारभूत संरक्षणको नीति सरकारले लिएको हो ।
सरकारले जस्तापाता र काठ किन्न भन्दै घर बनाउँदा थप ५० हजार रुपैयाँ दिने भएको छ । बजेटका क्रममा अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।
यस्तै कृषि योग्य जमिनलाई घर घडेरीकोरुपमा प्रयोग गर्न नपाइने ब्यवस्था हुने भएको छ । यसले घरजग्गा व्यापार घट्ने पक्का छ । 
सरकारले साना किसानका सबै कृषि कर्जा मिनाहा गर्ने भएको छ । यस्तै अवदेखि आमाबाबुलाई हेला गर्नेलाई कारवाही हुने भएको छ ।
यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट २०७५-७६मा शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिने घोषणा गरेका छन् । सो ऋणको ब्याज पनि सौलियत दरमा प्रदान गरिने उनले घोषणा गरेका छन्। 
यस्तै बैदेशिक रोजगारीबाट फर्केकाले नेपालमा आफैंले केहि गर्न चाहेमा त्यसखाले व्यवसाय संचालन गर्न १० लाख रुपैयाँसम्म ऋण पनि पाउने भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK