Skip to content
LAXMI SUNRISE BANK

भूकम्प पीडीतलाईहरुलाई खुसीको खबर : सरकारले जस्तापाता र काठ किन्न थप ५० हजार रुपैयाँ दिने…

अर्थ सरोकार

सरकारले जस्तापाता र काठ किन्न भन्दै घर बनाउँदा थप ५० हजार रुपैयाँ दिने भएको छ । बजेटका क्रममा अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

यस्तै कृषि योग्य जमिनलाई घर घडेरीकोरुपमा प्रयोग गर्न नपाइने ब्यवस्था हुने भएको छ ।  यसले घरजग्गा व्यापार घट्ने पक्का छ । 



सरकारले साना किसानका सबै कृषि कर्जा मिनाहा गर्ने भएको छ ।    यस्तै अवदेखि आमाबाबुलाई हेला गर्नेलाई कारवाही हुने भएको छ ।

यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट २०७५-७६मा शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिने घोषणा गरेका छन् । सो ऋणको ब्याज पनि सौलियत दरमा प्रदान गरिने उनले घोषणा गरेका छन्। 

यस्तै बैदेशिक रोजगारीबाट फर्केकाले नेपालमा आफैंले केहि गर्न चाहेमा त्यसखाले व्यवसाय संचालन गर्न १० लाख रुपैयाँसम्म ऋण पनि पाउने भएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK