×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्ट्रल फाइनान्सको बिहिबारदेखि सेयर लिलामीमा, न्यूनतम भाउ १०० रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेन्ट्रल फाइनान्सको बिहिबारदेखि सेयर लिलामीमा, न्यूनतम भाउ १०० रुपैयाँ

१९ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सेन्ट्रल फाइनान्सले १० लाख ८५ हजार ९३९.०७५ कित्ता सेयर बिहिबारदेखि लिलामीमा आउने भएको छ । कम्पनीले संस्थापक तर्फको ९ लाख ८१ हजार ७०८.७२५ कित्ता र सर्वसाधारण तर्फको १ लाख ४ हजार २३०.३५० कित्ता सेयर लिलामीमा विक्री गर्न लागेको हो । 
यस लिलामीमा वैशाख २७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । सेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको छ । बोलपत्र पेश गर्दा तोकिएको मूल्यभन्दा बढी अङ्कित गरी संस्थापक तर्फको लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण तर्फको लागि न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन सकिनेछ ।
विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरका साथै सेन्ट्रल फाइनान्सको केन्द्रिय कार्यालय कुपण्डोलमा समेत बोलपत्र पेश गर्न सकिनेछ । साथै, नेपाल इन्भेष्टमेण्ट बैङ्कको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढीमा पनि बोलपत्र बुझाउन सकिने व्यवस्था छ । सबैभन्दा बढी सेयर बोलकबोल गर्ने आवेदकलाई सेयर विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी