Skip to content
LAXMI SUNRISE BANK

सेञ्चुरीकोे शाखा र एक्सटेन्सन् काउन्टर बुढानिलकण्ठ नगरपालिकामा, बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरे उद्घाटन

अर्थ सरोकार

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलको बुढानिलकण्ठको मण्डिखटार शाखा कार्यालयको औपचारीक उद्घाटन मिति २०७५ जेष्ठ १० गते बिहीबार बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गर्नुभएकोे छ ।
साथै सोहि दिन बैंकले आफ्नो सेवामा थप गर्दै बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र भित्र वडा नं १२ को वडा कार्यालमा एक्सटेन्सन् काउन्टर पनि सुचारु गरेको छ । बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पु¥याउने उद्देश्य राखेको छ । 
उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत श्री तुलसीराम गौतम, बुढानिलकण्ठ न.पा वडा नं १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई तथा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिती थियो । 
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK