×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३३ किलो सुनकाण्डका नाइके ‘गोरे’ दिल्लीबाट यसरी परे पक्राउमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

३३ किलो सुनकाण्डका नाइके ‘गोरे’ दिल्लीबाट यसरी परे पक्राउमा

Artha Sarokar

८ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ३३ किलो सुनकाण्डका नाइके ‘गोरे’ भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
साढे ३३ केजी सुन गायब एवं सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई प्रहरीले पक्राउ गरेको छ ।
‘सुन तस्कर गोरे पक्राउ परेका छन्’, सुन प्रकरण छानवीन समितिका एक सदस्यले भने। समितिले यस विषयमा जानकारी गराउन १२ बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलनको तयारी गरिरहेको छ ।
स्रोतका अनुसार हत्या गरिएका सनम शाक्यका परिवारले गोरेका विषयमा अनुसन्धान समितिलाइ दिएको सूचना पछ्याउँदै दिल्ली पुगेको टोलीले भारतीय प्रहरीको सहयोगमा उनलाइ नयाँ दिल्लीबाट पक्राउ गरेको हो । दिल्लीमा लुकिछिपी बसेका गोरे मोरंग उर्लाबारीमा रहेका सहयोगीसँग निरन्तर सम्पर्कमा थिए । भारतीय र युएइको मोबाइल नम्बर प्रयोग गरिरहेका गोरे पक्राउ परेसँगै घटनाका विषयमा थप रहस्य खुल्ने अनुमान गरिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी