×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार बन्दको दिन यी कम्पनीका गाडीले सेवा दिँदै, हेर्नुहोस् रुटको विवरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शुक्रबार बन्दको दिन यी कम्पनीका गाडीले सेवा दिँदै, हेर्नुहोस् रुटको विवरण

Artha Sarokar

२१ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले शुक्रबार क्यू फ्री गरेको छ । क्यू फ्री भएकाले गाडी चालकले आफ्नो इच्छाअनुसार जुनसुकै रुटमा गाडी चलाउन पाउँछन् । तर भाडा भने सरकारले तोकेभन्दा बढी लिन पाइने छैन ।
सिन्डिकेट कायमै राख्नुपर्ने पक्षमा रहेका केही यातायात व्यवसायीहरुले गाडी नचलाएपछि यातायात व्यवस्था विभागले लामो तथा छोटो दुरीका बिभिन्न रुटमा गाडी चलाउने व्यवस्था मिलाएको जनाएको छ । कम्पनीमा दर्ता भएका केही व्यवसायीहरुले गाडी चलाए पनि सीमित गाडीमा यात्रुको चाप अत्यधिक देखिएको छ ।
विभागका प्रवक्ता तुलसीराम अर्यालले दिएको जानकारीअनुसार काठमाण्डु उपत्यकामा साझा, मयुर, शुभकामना, अन्नपूर्ण, बज्रबाराही लगायतका बस चलाउने व्यवस्था मिलाइएको छ । यसअघि धनगढी–काठमाण्डु रुटमा चल्ने गरेको घोडाघोडी यातायातका बसले पनि काठमाण्डुभित्रै सेवा दिने जानकारी पाएको विभागले जनाएको छ ।
कुन रुटमा कुन गाडी चल्दैछन् ?
इलाम, काकडभिट्टा, भद्रपुर, धरान, विराटनगर, चतरा– साकिरा यातायातका बस ।
सुर्खेत, नेपालगन्ज, दैलेख, जाजरकोट– बुलबुले, देउती र नागरिक यातायातका बस ।
काठमाण्डु–रोल्पा– रोल्पा यातायातका बस ।
काठमाण्डु–प्युठान– नमस्ते प्यूठानका बस ।
रोल्पा–नेपालगन्ज– आशिर्वाद यातायातका बस ।
रुकुम–काठमाण्डु– रुकुम यातायात प्रालिका बस
कोहलपुर, सुर्खेत, काठमाण्डु– मेट्रो सर्भिसका बस ।
बर्दिया, बुटवल, काठमाण्डु– भेरी यातायातका बस
अर्घाखाँची–बुटवल– लंका यातायातका बस
काठमाण्डु, दाङ, नेपालगन्ज, रोल्पा– स्मार्ट नेपालका बस ।
दाङ–काठमाण्डु मालिका कालिका र सहारा यातायाका बस
काठमाण्डु, चितवन र पोखरा– हरियो नम्बर प्लेटका टुरिस्ट बस ।
काठमाण्डु–जनकपुर– चुरिमाई यातायात ।
सर्लाही–जनकपुर– रातुकमला ।
भक्तपुर–काठमाडौँ – शुुभकामना यातायात ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी