×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीको ‘९ लाख लुट’ प्रकरणले नयाँ मोड लिने संकेत : घटनाको कारण मिटर ब्याज ! (फोटो फिचरसहित)

PRIME CA
GLOBAL IME BANK

धनगढीको ‘९ लाख लुट’ प्रकरणले नयाँ मोड लिने संकेत : घटनाको कारण मिटर ब्याज ! (फोटो फिचरसहित)

१४ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कैलालीमा आइतबार घटेको लुटपाट प्रकरणले नयाँ मोड लिने संकेत देखिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१ मेनरोडमा गोली हानेर ९ लाख लुटपाट भएको हो । अप्राप्त जानकारी अनुसार आइतबार ‘फर्स्ट अओर’ मै सिद्धार्थ बैंकबाट पैसा झिकेर आइएमइ जाँदै गरेका निर्मल कार्कीमाथि गोली प्रहार गरी लुटपाट भएको थियो । धनगढी-३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको हो । गोली लागेका कार्कीको हातमा र पाखुरामा चोट लागेको छ । प्रहरीले लुटेराहरुलाई पक्राउ गरिसकेको छ । लुटेराको समुहले कार्कीमाथी आधुनिक हतियारको प्रयोग गरी गोली प्रहार गरेको प्रहरीले जनाएको छ। घाईतेको पाखुराबाट ७.६५ एमएमको गोली निकालिएको छ। 
घटनाले नयाँ मोड लिने संकेत :
यता कैलाली प्रहरीले गोली प्रहार र रकम लुटपाटपाटको घटना मिटर ब्याजका कारण घटेको तर्फ अनुसन्धान थालेको छ । आइतबार पैसा लिएर आइएमइ जाँदै गर्दा गोली प्रहारबाट घाईते कार्कीकी श्रीमती शोभा कार्की मिटर ब्याजमा संलग्न रहेको र अहिले उनले ठुलो रकम विभिन्न व्यक्तीलाई तिर्न बाँकी रहेको खुलेका कारण घटनाको कारण पनि मिटर ब्याज हुन सक्ने प्रहरीले संकेत गरेको छ । यसरी दिन दहाडै व्यस्त शहरमा गोली काण्ड घट्न थालेपछि स्थानीयहरुसमेत त्रसित बनेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: