×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिआईजी सरुवाको तयारी, प्रदेशमा नयाँलाई पठाइने

PRIME CA
GLOBAL IME BANK

डिआईजी सरुवाको तयारी, प्रदेशमा नयाँलाई पठाइने

३ जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – गृह मन्त्रालयको सिफारिसमा बढुवा भएका एसएसपीहरुले शुक्रबार डिआईजीको फूली लगाउने भएका छन् । गृह स्रोतका अनुसार उनीहरु मध्येबाट रिक्त रहेका प्रदेशको प्रहरी प्रमुखमा खटाउने गृहको तयारी छ । एआईजीले अवकाश पाएपछि कतिपय प्रदेशमा एसएसपीले कमान्ड सम्हाल्दै आएका छन् । यो नेपाल समाचारपत्रमा खबर छ 
गृह मन्त्रालयले प्रहरीलाई संघिय संरचनामा लैजाने गरी संघीय प्रहरी ऐनको मस्यौदा अघि बढाइसकेको छ । जसको आधारमा प्रदेश प्रहरी प्रमुखमा डिआईजीलाई खटाउने पक्का पक्की जस्तै छ । एआईजीलाई खटाउन प्रोटोकल नमिल्ने भएकाले प्रदेशमा अब डिआईजीलाई खटाउन लागिएको हो ।
गृह मन्त्रालयमा एआईजी कति जना राख्ने भन्ने बारेमा समेत छलफल भइरहेको छ । तर, एआईजीमा बढुवा भने केहि समय लम्बिने देखिएको छ । प्रदेशमा बढुवा भएका नयाँ डिआईजीलाई पठाउनका लागि गृहकार्य शुरु भइसकेको छ । जसअनुसार केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपककुमार थापा, नारायणसिंह खड्का, रबिन्द्रप्रसाद शर्मा, कमलबहादुर जिटी, महेन्द्रकुमार पोखरेल र महेशबिक्रम शाहमध्येबाट सातवटै प्रदेशमा पठाउने सरकारको तयारी छ । गृहले महानगरीय प्रहरी कार्यालयमा डिआईजीलाई प्रमुख बनाउने पनि तयारी गरेको छ ।
यि मध्येबाट रिजाललाई महानगरीय प्रहरी कार्यालयको प्रमुख, थापालाई दुई नम्बर प्रदेश, अधिकारीलाई एक नम्बर र सिआईवीमा बस्नेतलाई पठाइने स्रोतले बतायो । एआईजी बढुवा लम्बिले भएका कारण आईजीपी सर्वेन्द्र खनालका व्याजी डिआईजीहरुमध्येहरुबाट पनि केही प्रदेश प्रहरीको प्रमुखमा पठाउने तयारी छ ।
बढुवा सिफारिसमा परेका रविन्द्र शर्मा, प्रेम चन्द र श्याम खड्काले ३० बर्षे उमेर हदका कारण असार २९ मा अबकाश पाउँदै छन् । त्यस्तै डिआईजीहरु उत्तम कार्की, छविलाल जोशी र पवनप्रसाद खरेलले पनि असार २९ मै अवकाश पाउँदैछन् ।
एआईजी र आईजीपीको कार्य अवधि संसदको ऐनबाटै पारित हुनु पर्ने भएका कारण ऐन परिमार्जन गर्न अझै ६ महिना लाग्ने भएको हुँदा कार्की, जोशी र खरेल एआईजीमा बढुवा नभए डिआईजीबाट घर जाँदैछन् । गृहले लागूऔषध नियन्त्रण व्यूरो, महानगरीय ट्राफिक प्रहरी महाशाखा र अपराध अनुसन्धान विभागमा पनि नयाँ डिआईजीमध्येबाटै प्रमुख बनाउने संभावना छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: