×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले नै बजारमा नक्कली नोट पठाएको प्रमाण फेला, नेपालगन्जमा गभर्नरको हस्ताक्षर नै नभएका नोट भेटिए !

PRIME CA

राष्ट्र बैंकले नै बजारमा नक्कली नोट पठाएको प्रमाण फेला, नेपालगन्जमा गभर्नरको हस्ताक्षर नै नभएका नोट भेटिए !

२० बैशाख २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- देशभर अहिले नक्कली नोटको बिगबिगी छ । त्यस्ता नोट कहाँ उत्पादन हुन्छन् भन्ने तथ्य अझैसम्म पनि फेला पर्न सकेको छैन । तर तपाईं अचम्ममा पर्ने खबर छ । नेपालमा नोटहरुलाई व्यवस्थापन गर्ने नेपाल राष्ट्र बैंकले नै नक्कली नोट बजारमा पठाएको खुलासा भएको छ । नेपाल राष्ट्र बैंकको शाखाले नै गभर्नरको हस्ताक्षर नै नभएको नोट ग्राहकलाई दिएको पाइएपछी यस्तो खुलासा भएको हो । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार नेपालगन्जका एक ग्राहकलाई नेपाल राष्ट्र बैंकको नेपालगन्ज साखाले १० रुपैयाँ दरका गभर्नरका हस्ताक्षर नै नभएका १० रुपैयाँका १०० वटा नोट दिएको छ जसमा कुनै नोटमा पनि गभर्नरको हस्ताक्षर छैन । राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार हस्ताक्षर नभएका नोट नक्कली नोट हुन् । 

के भन्छ नेपाल राष्ट्र बैंक ?
यता नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने हस्ताक्षर नभएका नोट बारे छानविन भइरहेको बताए । ‘नोट छाप्ने बेलामा गल्ती भएको हुनसक्छ । ती नोट नक्कली हो कि सक्कली हो पहिला बुझ्नुपर्छ । नोट बाकसमा प्याक भएर आउने भएकाले सबै नोट हेरिंदैन । तर ग्राहकलाई दिंदा सम्बन्धित काउन्टरले हेरेर दिनुपर्ने थियो । यस विषयमा हामीलाई जानकारी प्राप्त भएको छ । हामी अन्तरिक छानविनमा छौं ।’ हस्ताक्षर नभएका नोट त नक्कली नै भए होइन र ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘हस्ताक्षर नभएपछी नोट चलाउनु हुँदैन । तर त्रुटी भएको हो वा के हो भन्ने कुराचाहिं अनुसन्धानपछी खुल्छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: