
- अर्थ सरोकार सम्बाददाता
चितवन- तपाईंले मोटो रकम लिएर कर्मचारीलाई बैंक पठाउने गर्नुभएको छ ? यदि छ भने होसियार हुनुहोस्, चितवनमा कम्पनीको बैंकमा जम्मा गर्नुपर्ने रकम लिएर एक जना कर्मचारी फरार भएको खबर छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको विश्वास एण्ड कम्पनीबाट बैंकमा जम्मा गर्न भनी लगेको रकम लिएर गैंडाकोट घर भएका अर्जुन ढकाल फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनले नगद लिएर फरार व्यक्तिको खोजी कार्य भइरहेको जनाएको छ ।
अर्थ सरोकार डटकमलाई विश्वास एण्ड कम्पनीका सञ्चालक उत्सव श्रेष्ठले दिएको जानकारी अनुसार कम्पनीमा मार्केटिङको काम गर्ने ढकालले आइतबार दिउँसो नारायणगढस्थित एसबीआई बैंकमा रकम जम्मा गर्न भनी गएका थिए । तर उनी त्यतिबाट टाप कसेपछि कम्पनीले उनलाई खोजी गरिदिन भन्दै प्रहरीमा उजुरी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्