
काठमाडौं – उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरमबीच सरकारमा सामेल हुने विषयमा दुइ बुदेँ सहमति भएको हो । सहमतिमा नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।
सहमतिको पहिलो बुँदामा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान गरी सम्बोधन गर्ने उल्लेख छ।
दोश्रो बुदाँमा भने संघीय समाजवादी फोरम सरकारमा जाने उल्लेख छ। अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले आजै सपथको सम्भावना भने नरहेको बताए।
अब यादव प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रहेको शहरी बिकास मन्त्री हुने स्रोतले बताए । यद्धपि यस बारेमा अहिलेसम्म औपचारिक जानकारी गराइएको छैन ।
फोरमले सरकारसँग संशोधनका लागि लिखित सहमति माग गर्दै आएको थियो । तर, अन्डरलाइनका अध्यक्षद्वयले संविधान संशोधनका लागि मौखिक प्रतिबद्धता गरेका छन् ।
नेकपाको प्रतिबद्धता आएपछि नीति तथा कार्यक्रममा फोरमले राखेको संशोधन पनि फिर्ता भएको छ । ‘हामी यहि सरकारमा सहभागी हुने निश्चित भयो यसकारण सरकारका कार्यक्रम हाम्रा पनि हुन् । हामीले यसमा संशोधन फिर्ता लियौं’, फोरमका एक नेताले भने,‘एक साताभित्र अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने सहमति भएको छ ।’
राष्ट्रिय जनता पार्टी नेपाललाई पनि सरकारमा आउन आह्वान गरिएको छ । त्यसो हुँदा स्वास्थ्य मन्त्रालय राजपालाई दिइने छ । २५ भन्दा बढि मन्त्री नराख्ने तयारी गरेको सरकारले प्रधानमन्त्रीसँग रहेका मन्त्रालयहरू नै बाँड्ने छ ।
प्रधानमन्त्रीसँग अहिले थप तीन मन्त्रालय छन् । फोरमले एक मन्त्री र एक राज्यमन्त्री प्रारम्भिक चरणमा सपथमा पठाउने सम्भावना छ ।
हेर्नुस् यस्तो भयो सहमति

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्