
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले खुद नाफा ४.१३% ले वृद्धि गरेर २१ करोड ३१ लाख २९ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी ५.१०% ले घटेर ४६ करोड ३१ लाख ६ हजार रुपैयाँ कमाएको छ भने सञ्चालन नाफामा ११.६९% वृद्धि गरेर ३३ करोड ४९ लाख १८ हजार रुपैयाँ रहेको छ ।
फरवार्डले २ अर्ब ९७ करोड ३७ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब २१ करोड ७२ लाख ७४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा०.७१% र कस्ट अफ फन्ड १०% पुगेको छ । गत वर्ष खराब कर्जा ०.२९% र कस्ट अफ फन्ड ७.८५% थियो ।
हाल रिजर्भ कोषमा ६७ करोड ५ लाख ८९ हजार रुपैयाँ जम्मा भएको छ । फरवार्डको प्रतिसेयर आम्दानी १०६ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ ४८५ रुपैयाँ २९ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्