Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकले धितोपत्र बोर्डमा एफपिओ निष्काशनको अनुमति माग गर्दै पेस गर्यो यस्तो आवेदन

अर्थ सरोकार

नेपाल बैंकले एफपिओ निष्काशनकोलागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै  आवेदन दिएको छ  ।  बैंकले गत हप्ता एफपिओको मूल्य तय गरेको थियो । बैंकले प्रति कित्ता १ सय अन्तिम मूल्यमा  सय ८० प्रिमियम थप गरी प्रति कित्ता २ सय ८० मा एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो  ।बैंकले उक्त मूल्यमा धितोपत्र प्रत्याभूत गराउन धितोपत्र बोर्डको स्वीकृति लिने तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । सोहि अनुसार बैंकले बोर्डमा अनुमति माग्दै आवेदन दिएको हो  । अब बोर्डले बैंकलाई सोहि मूल्यमा एफपियो निष्काशन गर्न दिने वा मूल्य पुनरावलोकन गर्न निर्देशन दिन सक्ने छ  ।  
बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले प्रिमियम मूल्यमा १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने निर्णय गरेको थियो ।बैंकले एफपिओ निष्काशनको लागि सिद्दार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।
 राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेपछि बैंकले थप सार्वजनिक निष्कासन एफपिओ जारी गर्ने तयारी गरेको हो  । हाल बैंकको चुक्ता पुंजी  ८ अर्ब ४ करोड २६ लाख रुपैंया रहेको छ  ।  हाल बैंकमा सरकारको सेयर स्वामित्व  ६२.३८ प्रतिशत छ । एफपिओपछि सरकारको स्वामित्व ५१ प्रतिशतमा झर्ने छ  ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK